२०८३ बैशाख २४ गते , विहीबार
सुनसरीको चतरा जाने जङ्गलमा एक युवक मृत भेटिए
सुनसरीको चतरा जाने सडक नजिकैको जङ्गलमा एक पुरुषको शव भेटिएको छ । वराहक्षेत्र- ३ नडाहाको जङ्गलमा सोही ठाउँका २४ वर्षीय शिवजी राउत शव फेला परेको इलाका प्रहरी कार्यालय चक्रघट्टिकाले जनाएको छ ।
प्रहरीका अनुसार राउत गत बैशाख १ गतेदेखि हराइरहेका थिए । घाँस लिन जङ्गलमा गएका स्थानीयहरुले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा एउटा साईकल समेत फेला परेको प्रहरीले जनाएको छ ।