२०८३ असार १ गते , सोमबार

मोरङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

sajilo news
मोरङ
२०८१ बैशाख ४ गते , मंगलबार
मोरङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका १० मा ज १० प ४०२८ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री स्थानीय ४१ वर्षीय बद्री विक्रम श्रेष्ठलाई ठक्करको दिएको थियो । 

घाइते भएका उनलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै विराटनगर १४ स्थित भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउँदै गरेको को २६ प ९८५१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोसी अस्पताल विराटनगरमा मृत्यु भएको छ । घटनामा संलग्न दुवै घटनाका चालक तथा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार