२०८३ बैशाख २४ गते , विहीबार

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने झापाका पूजासहित दुई पक्राउ

sajilo news
झापा
२०८१ बैशाख ४ गते , मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने झापाका पूजासहित दुई पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको  झापा गाउँपालिका-१ घर भई चाबहिलमा फ्रेण्डसिप ब्युटी एन्ड स्पा सञ्चालन गर्ने ३४ वर्षीया पूजा लोवा र चितवनको वीरेन्द्रनगर घर भई हाल काठमाडौँको गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भन्ने ओम कुमारी पुन रहेका छन्। 

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले लोवालाई चाबहिल र पुनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो। पीडित नाबालिका जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (२८२)लाई पूर्वी नवलपरासीस्थितको एक रेस्टुरेन्ट तथा काठमाडौँ-७ चाबहिलमा रहेको फ्रेण्डसिप ब्युटी एन्ड स्पामा ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा टोलीले त्यहाँ पुगेको थियो। 

पक्राउ परेका उनीहरूलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। 

सम्बन्धित समाचार