२०८१ फाल्गुन ४ गते , आईतबार

३ लाख बढीको मोबाइलको पार्टस बरामद

sajilo news
मोरङ
२०८१ बैशाख ३ गते , सोमबार
३ लाख बढीको मोबाइलको पार्टस बरामद

मोरङको विराटनगरबाट भन्सार छली नेपाल भित्राउँदै गरेको मोबाइलको पार्टस प्रहरीले बरामद गरेको छ ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले विराटनगर- १५ बाट मोबाइलको पार्टस बरामद गरेको हो । 

सोमबार बिहान अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा मोबाइलको डिस्प्ले २६५ थान र स्टिकी गम १२ थान समेत गरी करिब ३ लाख १९ हजार २ सय रुपैयाँ मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।  बरामद गरिएका सामानलाई आवश्यक कारबाहीको लागि रानी भन्सार कार्यालयमा बुझाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार