२०८१ माघ २५ गते , शुक्रबार

झापाको कनकाई नहरमा डुबेर बालकको मृत्यु

sajilo news
झापा
२०८१ बैशाख ३ गते , सोमबार
झापाको कनकाई नहरमा डुबेर बालकको मृत्यु

झापा ।  झापाको कनकाई सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- १० निवासी ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा विवेक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

शिवसताक्षी- ७ स्थितमा कनकाई नहरको साईफन जालीमा अड्किएको अवस्थामा बालकको शव फेला परेका थिए । मृतक बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे अस्पताल पठाएको छ  । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार