२०८१ बैशाख ७ गते , शुक्रबार

एमाले झापाको अध्यक्षमा गिरी, उपाध्यक्ष ढुंगेल र सचिवमा कार्की

sajilo news
झापा
२०८० चैत्र १७ गते , शनिबार
एमाले झापाको अध्यक्षमा गिरी, उपाध्यक्ष ढुंगेल र सचिवमा कार्की

नेकपा एमाले झापाको ११ औं अधिवेशनबाट प्रेमबहादुर गिरी अध्यक्षमा निर्विरोध चयन भएका छन् । अध्यक्ष गिरीसँगै उपाध्यक्षमा शिव ढुङ्गेल र सचिवमा तुलसी कार्की पनि निर्विरोध चयन भएका छन् । आज बिहान १०.३० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयभित्र अध्यक्ष , उपाध्यक्ष र सचिवमा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता भएको हो । उपसचिवमा भने असारु राजवंशी ,अनिता कन्दङ्वा र टीका मग्रान्तीले उम्मेदवारी दिएका छन् ।

यसअघि अध्यक्ष पदका लागि आकाङ्क्षा राखेका ढुङ्गेल उपाध्यक्षमा सर्वसम्मत भएका हुन् । उनलाई प्रदेश कमिटीमा लैजाने चर्चा पनि रहेको थियो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि बिहीबार साँझबाट निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने भएको छ । त्यसका लागि करिब ३५० जनाले उम्मेदवारी दिएको जनाइएको छ ।

सम्बन्धित समाचार