‘हल्दिबारी गाउँपालिकाले नयाँ गाडी खरिद गरेको हैन, मन्त्रालयले दिएको हो’
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले गरेको राम्रो कार्यको प्रशंसा गर्दै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) को पहलमा खानेपानी मन्त्रालयले एउटा सवारीसाधन उपलब्ध गराएको छ ।
सवारीसाधन आएसँगै आवश्यक योजनाहरूको अनुगमन र पालिकाको अन्य काममा सहजता आउने देखिएको छ । सवारीसाधनको अभावमा पालिकाको कामका लागि भाडामा सवारीसाधन लिनुपर्ने बाध्यता थियो । यसबाट भाडाबापत हुने फजुल खर्च नियन्त्रण हुने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए ।
केही व्यक्तिहरूले सवारीसाधन खरिद गरेर गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत महेन्द्रका अनुसार सवारी साधन खरिद गरिएको हैन । करिब एक करोड ५० लाख मूल्य बराबरको टोयटाको हाइलेक्स गाडी मन्त्रालयले उपलब्ध गराएको महेन्द्रले बताए । साधारण मर्मत खर्च मात्र लाग्ने र सवारीसाधन थपिएको पालिकाकै सम्पत्ति हुने उनले बताए ।
त्यसैगरी झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिबारी गाउँपालिका स्वास्थ्यसम्बन्धी कार्यक्रमको मूल्याङ्कनमा समेत प्रथम स्थान हासिल गर्न सफल भएको छ । झापाका पालिकाहरूबाट आर्थिक वर्ष २०७९/०८० न्यूनतम सेवा मापदण्डको प्रगति मूल्याङ्कन गर्दा हल्दिवारी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको जनाइएको छ । हल्दिबारीले बेरुजु न्यूनीकरण गर्न सक्षम भएको छ । पालिकाले २ प्रतिशतभन्दा कम बेरुजु पुर्याउन सफल भएको होले बेरुजु न्यूनीकरण गर्न सक्षम भएको छ ।
पालिकाले २ प्रतिशतभन्दा कम बेरुजु पुर्याउन सफल भएको हो गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ अनुसार झापाका गाउँपालिकामध्ये प्रथम र १५ वटै स्थानीय तहमध्ये तेस्रो भएको छ । हल्दिबारीले स्थानीय तह संस्थागत लीसा अन्तरगत ६२.५ प्रतिशत र क्षमता स्वमूल्याङ्कनतर्फ एफआरए अन्तरगत ७२ प्रतिशत ल्याउन सफल भएको पालिकाले जनाएको छ ।
त्यसैगरी झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिबारी गाउँपालिका स्वास्थ्यसम्बन्धी कार्यक्रमको मूल्याङ्कनमा समेत प्रथम स्थान हासिल गर्न सफल भएको छ । झापाका पालिकाहरूबाट आर्थिक वर्ष २०७९/०८० न्यूनतम सेवा मापदण्डको प्रगति मूल्याङ्कन गर्दा हल्दिबारी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको जनाइएको छ । हल्दिवारीले बेरुजु न्यूनीकरण गर्न सक्षम भएको छ । पालिकाले २ प्रतिशतभन्दा कम बेरुजु पुर्याउन सफल भएको हो