२०८३ जेष्ठ ३० गते , शनिबार

ढुङ्गाले किचेर एक जनाको मृत्यु

sajilo news
झापा
२०८० चैत्र ६ गते , मंगलबार
ढुङ्गाले किचेर एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका-३ नागेन चौर घोपुस्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले किच्दा स्थानीय ४५ वर्षीय तुलाबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सोताङले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार