२०८३ जेष्ठ ३० गते , शनिबार

बसले किचेर सह-चालकको मृत्यु, चालक पक्राउ

sajilo news
झापा
२०८० चैत्र ६ गते , मंगलबार
बसले किचेर सह-चालकको मृत्यु, चालक पक्राउ

सङ्खुवासभाको चैनपुरमा बसले किचेर सह-चालकको मृत्यु भएको छ ।  चैनपुर नगरपालिका-६ जिरो पोईन्टस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सह-चालक धनकुटा नगरपालिका-६ पात्ले खोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको हो । 

आज बिहान साढे ७ बजे नुनढाकीबाट इटहरीतर्फ जाँदै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका- १ का ३३ वर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार