२०८१ बैशाख ७ गते , शुक्रबार

पत्रकार र लायन्सकर्मीबीचको फुटसलमा पत्रकार विजयी

sajilo news
झापा
२०८० फाल्गुन ११ गते , शुक्रबार
पत्रकार र लायन्सकर्मीबीचको फुटसलमा पत्रकार विजयी

दमक । लायन्स क्लब अफ दमकको आयोजना भएको लायन्सकर्मी र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता पत्रकारको टोलीले जितेको छ । शुक्रबार बिहान बिट्स फुटसल मैदानमा भएको प्रतियोगितामा पत्रकारले ४ गोल लगाएका थिए । आयोजक लायन्स क्लब अफको तर्फबाट २ गोल लागेको थियो ।

लायन्स क्लब इन्टरनेशनल ३२५ सी का सेकेन्ड भिडिजि बबरजंग थापाले यस प्रकारका खेलले स्वस्थ बन्न सहयोग पुग्ने बताए । उनले पत्रकार  र लायन्सकर्मीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको उनले उल्लेख गरे । क्लबका अध्यक्ष लोकेश सापकोटाका अनुसार क्लबले केही समय पश्चात् अन्तर लायन्स क्लब स्तरीय फुटसल प्रतियोगिताको तयारी शुरु गर्दैछ । यसको तयारीको सुरुवात यही खेल खेलेर गरिएको उनको भनाई थियो ।

लायन्स क्लब अफ झापा दमकले सामाजिक क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएको क्लबका प्रथम उपाध्यक्ष विष्णुप्रसाद पोखरेलले जनाउनु भयो । सामाजिक तथा अन्य विभिन्न क्षेत्रहरूमा लायन्सले काम गर्दै आएको छ ।

सम्बन्धित समाचार