२०८१ बैशाख ७ गते , शुक्रबार

मन्त्री राईले गरे पर्यटन कार्यालय मेचीनगरको छड्के अनुगमन

sajilo news
झापा
२०८० फाल्गुन १० गते , विहीबार
मन्त्री राईले गरे पर्यटन कार्यालय मेचीनगरको छड्के अनुगमन

झापा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले झापास्थित पर्यटन कार्यालयको छड्के अनुगमन गरेका छन् । मन्त्री राईले बिहीबार पूर्वी नाका काँकडभिट्टास्थित पर्यटन कार्यालय मेचीनगरको अनुगमन गरेका हुन् । उनी अनुगमनका लागि कार्यालय पुग्दा कर्मचारीहरू कामका लागि फिल्डमा गएका थिए ।

उनी कसैलाई जानकारी नदिई आकस्मिक रूपमा कार्यालयको छड्के अनुगमन गर्न पुगेका थिए । यो कोशी प्रदेश मातहतको पर्यटन कार्यालय हो । मन्त्री राईले विगत देखिनै अनुगमनलाई तीव्रता दिँदै आएका छन् । उनले प्रदेश सरकार मातहतका विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गरिसकेका छन् ।

सम्बन्धित समाचार