२०८१ आश्विन १८ गते , शुक्रबार

आइभरी कोस्टले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

sajilo news
एजेन्सी
२०८० माघ २९ गते , सोमबार
आइभरी कोस्टले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौं । आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ।​ गएराति सम्पन्न खेलमा नाइजेरियालाई हराउँदै आइभोरी कोस्टले २–१ को जित निकालेको हो। 

विलियम ट्रुस्ट इकोङले खेलको ३८ औँ मिनेटमा नाइजेरियालाई अग्रता दिलाएका थिए। तर, घरेलु टोलीले दोस्रो हाफको ६२ बारबरी गोल गर्यो।  फ्रांक केसीले कर्नरबाट आएको बलललाई गोलमा परिणत गरेका थिए। 

८१ औँ मिनेटमा सबास्टियन हालेर पुनः एकपटक नायक बन्दै टोलीलाई जीत दिलाए। अण्डकोषको क्यान्सरपछि १३ महिनाअघि मात्र फुटबलमा फर्किएका उनले सेमिफाइनलमा पनि विजयी गोल गरेका थिए।​

आइभोरी कोस्टले यसअघि सन् १९९२ र २०१५ मा यो उपाधि जितेको थियो। उपाधिसँगै आइभोरी कोस्टले ७० लाख डलर प्राप्त गरेको छ भने नाइजेरियाले ४० लाख डलर प्राप्त गरेको छ।

सम्बन्धित समाचार