२०८१ श्रावण २ गते , बुधबार

अर्थमन्त्री डा. महतद्वारा भद्रपुर भन्सार कार्यालयको निरीक्षण, मुआब्जा रकम उपलब्ध गराइदिन आग्रह

sajilo news
पार्थ मण्डल
२०८० माघ २८ गते , आईतबार
अर्थमन्त्री डा. महतद्वारा भद्रपुर भन्सार कार्यालयको निरीक्षण, मुआब्जा रकम उपलब्ध गराइदिन आग्रह

झापा । अर्थमन्त्री डा प्रकाशशरण महतले भद्रपुर भन्सार कार्यालयको निरीक्षण गरेका छन् ।  आजै झापा आएका अर्थमन्त्री डा. महतले नेपाल–भारत सीमा नाका भद्रपुरस्थित मेची पुलसँगै भन्सार कार्यालयको निरीक्षण गरेका हुन् । अर्थमन्त्री डा. महतले भन्सारको वर्तमान विषय वस्तुको बारेमा जानकारी लिएका थिए । 
निरीक्षणमा पुगेका डा. महतलाई यहाँका सरोकारवाला पक्षले भन्सारले अधिग्रहण गर्न लागेको जग्गाको बाँकी मुआब्जा रकम निकासा र भारततर्फको गलगलिया भन्सार कार्यालयको स्तोरन्नतीका लागि तत्काल पहल गरिदिन आग्रह गरेका छन् । छोटीबाट मूल भन्सारमा स्तोरन्नती गरिएको भद्रपुर भन्सारको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा रकम कुल ६१ करोडमध्ये १० करोड रकम मात्र उपलब्ध भएकोले बाँकी रकम तत्काल निकासा गरिदिन अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराइएको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

अर्थमन्त्रीले त्यसको लागि छिट्टै पहल गर्न आश्वासन दिनुभएको उनले बताए । सो निरीक्षण कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलसहित उद्योगी तथा व्यापारीहरूको सहभागिता रहेको थियो । भद्रपुर भन्सारको निरीक्षण पश्चात् अर्थमन्त्री डा. महत आन्तरिक राजश्व कार्यालय झापाको समेत निरीक्षण गर्दै कामकाजलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए । उनी मेची भन्सार कार्यालय काँकडभिट्टाको निरीक्षण र दमक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।    

सम्बन्धित समाचार