२०८१ चैत्र १३ गते , बुधबार

कोशीमा सरकार र आन्दोलनरत पक्षबीच आज पनि वार्ता

sajilo news
झापा
२०८० माघ २६ गते , शुक्रबार
कोशीमा सरकार र आन्दोलनरत पक्षबीच आज पनि वार्ता

कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुँदैछ । 

केहीबेरमा शुरु हुने वार्ताले केही सकारात्मक सन्देश दिने अपेक्षा गरेको संघर्ष समितिका संयोजक डेकेन्द्रसिंह थेगिनले बताए। यसअघि बिहीबारको वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो ।

प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले दुवै पक्षका साझा निष्कर्ष प्रदेश सरकारले प्रदेशसभामा टेवल गरी प्रदेश नामकरणसम्बन्धमा के गर्ने भन्ने टुङ्ग्याउने बताए। 

वार्तामा आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिलगायतका विषयमा पनि सकारात्मक छलफल भएको थियो। 

सम्बन्धित समाचार