२०८३ बैशाख १५ गते , मंगलबार
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्य सूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। यससँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ। नयाँ मूल्य सूची आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।