बाह्रदशी जेसीजको पद हस्तान्तरण
बाह्रदशी । बाह्रदशी जेसीजको पद हस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले वर्ष २०२४ का अध्यक्ष खगेन्द्र सुवेदीलाई जेसीज चेन पहिराएर पद हस्तान्तरण गरिएको हो । बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईको प्रमुख आतिथ्यमा आयोजित समारोहका वीच बाह्रदशी जेसीजको पद हस्तान्तरण गरिएको हो ।
बाह्रदशी गाउँपालिकामा रहेको ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा वर्ष २०२३ का कानुनी सल्लाहकार सदिक्षा खड्काले आस्था वाचन गरेकी थिइन भने जेसीज मिसन भिजन वर्ष २०२३ का उपाध्यक्ष भीष्म प्रसाईँले प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक वर्ष २०२३ का कोषाध्यक्ष नवीन कुमार त्रितालले स्वागत गरेको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ का निरूपित क्षेत्र “क” उपाध्यक्ष बहादुर तामाङ, नेकपा एमालेका झापा क्षेत्र नं. ३ का इन्चार्ज लक्ष्मण पाठक, नेपाल रेडक्रस सोसाइटी कोसी प्रदेशका कोषाध्यक्ष ओमप्रकाश गौतम, प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बाह्रदशी जेसीज वर्ष २०२३ का अध्यक्ष उप्रेतीले उत्कृष्ट संयोजकमा रुपमा राजु अधिकारी, उत्कृष्ट कार्य सम्पादनमा नवीन कुमार त्रिताल, उत्कृष्ट बोर्ड मेम्बर सदिक्षा खड्का र उत्कृष्ट जेसीज वर्ष उत्कृष्टमा खगेन्द्र सुवेदीलाई सम्मान गरेका थिए । अध्यक्ष उप्रेतीले बाह्रदशी जेसीजले वर्ष २०२३ मा गरेका एक वर्षे कार्यकालको कार्य विवरण श्रव्य दृश्य सामग्री सहित प्रस्तुत गरेका थिए । उनले एक वर्ष भित्र ६४ ओटा कार्यक्रम गर्न सफल भएको बताए । बाह्रदशी जेसीजका लागि जमिन व्यवस्थापन देखि लिएर विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रमलाई अघि बढाएको र त्यसलाई निरन्तरता दिन वर्ष २०२४ का अध्यक्षलाई आग्रह समेत गरे । बाह्रदशी जेसीजले आफ्ना कार्यक्रम मार्फत बाह्रदशीको समग्र विकाश र समृद्धिका लागि सहयोगी भूमिका निर्वाह गरेको उप्रेतीको भनाइ छ ।
यसै वीच वर्ष २०२४ का अध्यक्ष सुवेदीले अध्यक्षता ग्रहण गर्दै बाह्रदशी जेसीजको गरिमालाई उच्च राख्न आफू लागिपर्ने प्रतिबद्धता जनाए । उनले जेसीजको विधान अनुसार संस्थालाई चलायमान बताए । निर्वाचन आयुक्त विगम श्रेष्ठले वर्ष २०२४ को पदाधिकारीको नाम घोषणा गरेका थिए । जसमा अध्यक्ष सुवेदी सहित कार्यकारिणी उपाध्यक्ष नवीन कुमार त्रिताल र सदिक्षा खड्का, उपाध्यक्ष अर्जुन महतरा, पुष्प भट्टराई, राजु अधिकारी, डिक कुमार कटुवाल रहेको मनोनयन सभापति पुष्पलाल धमलाले जानकारी दिए ।
वर्ष २०२४ का अध्यक्ष सुवेदीले कानुनी सल्लाहकारमा नवराज दाहाल, महासचिव सञ्जय शाह र कोषाध्यक्षमा तीर्थप्रसाद काफ्ले, जनसम्पर्क अधिकारी प्रकाश फुयाँल, सह–सचिव विश्वास गौतम, तालिम संयोजक आयुष्मा प्रसाईँ, सदस्य वृद्धि संयोजक विमला सुवेदी, युवा तथा वातावरण संयोजक भीष्म प्रसाईँ, स्वास्थ्य संयोजक सविना सिलवाल, खेलकुद संयोजक तीर्थराज कोइराला, प्रकरण संयोजक गोपाल उप्रेती, शिक्षा संयोजक गोकुल घिमिरेलाई मनोनीत गरेका थिए । त्यस्तै महिला उत्थान संयोजक इन्दिरा चम्लागाई, सूचना तथा सञ्चार संयोजक दिपजन चम्लागाई, संस्कृति संयोजक तुलसी खरेल, अतिथि सत्कार संयोजक विज्ञान बस्नेतलाई मनोनयन गरिएको घोषणा गरेका थिए । दुई सत्रमा आयोजित कार्यक्रमको सञ्चालन प्रथम सत्र वर्ष २०२३ का महासचिव खगेन्द्र सुवेदीले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम सञ्चालन २०२४ का महासचिव सञ्जय शाहले गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लागाईले बाह्रदशी जेसीजले वर्ष २०२३ मा उत्कृष्ट र रचनात्मक कार्य गरेको बताउँदै बाह्रदशी गाउँपालिका जेसीज सँग हातेमालो गरेर अघि बढ्ने उद्घोष गरे । उनले गाउँपालिकाले आगामी दिनमा पनि सहयोग पु¥याउने प्रतिबद्धता समेत जनाए ।