२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुरमा साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन

sajilo news
झापा
२०८० माघ १३ गते , शनिबार
भद्रपुरमा साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन

भद्रपुर । मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । डाइनामिक ग्रुप नेपालको सातौँ वार्षिकोत्सवको अवसरमा उद्योगपति समेत रहेका तायलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । भद्रपुर- ६ स्थित भद्रपुर मारवाडी संघमा भएको कार्यक्रममा ग्रुपकी अध्यक्ष खगिन्द्र खुसीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा साहित्यकार तायलले मारवाडी भाषामा कविता वाचन गरेका थिए ।  उनको कविता समय सापेक्ष एवम् वर्तमान विकृतिमाथि इङ्गित थियो । कविता सुनेर कार्यक्रममा सहभागी कहिले गम्भीर त कहिले पेच मिचिमिची हाँसेका थिए ।

कार्यक्रममा विभिन्न कलाकारले गीत, कविता एवम् नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गणेश पोखरेल, उपप्रमुख राधा कार्की, विशेष अतिथि हरिप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा पूर्व प्रदेश मन्त्री ओम सरावगी, पूर्व प्रदेश सभा सदस्य वसन्त बानिया, भद्रपुर नगर कला साहित्य, सङ्गीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, प्रा. होम सुवेदी, प्राडा गङ्गाप्रसाद अधिकारी, तायलकी श्रीमती लक्ष्मीदेवी तायल लगायतको आतिथ्य रहेको थियो ।

कविको व्यक्तित्वमाथि साहित्यकार कृष्ण सुवेदी ‘निराकार’ले गरेका थिए । ग्रुपकी अध्यक्ष खुसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी कार्यक्रममा साहित्यकार देवीचरण भण्डारीले आसन ग्रहण गराएका थिए । भने कार्यक्रमको सञ्चालन कलाकार अर्जुन खरेल र चन्द्रमणि पौडेलले गरेका थिए । 

सम्बन्धित समाचार