२०८३ बैशाख ३१ गते , विहीबार

राजगढ महोत्सवबाट घर हिँडेका एक युवक बाटैमा मृत भेटिए

sajilo news
झापा
२०८० माघ १२ गते , शुक्रबार
राजगढ महोत्सवबाट घर हिँडेका एक युवक बाटैमा मृत भेटिए

झापाको बाह्रदशीमा एकजना मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साबिक राजगढ ८ का रविन उप्रेती त्रिवेणीचोकमा आज बिहान मृत अवस्थामा फेला परेका हुन । 

उप्रेतीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरे पनि घटना शङ्कास्पद देखिएकाले प्रहरीले स्थलगत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार