२०८३ बैशाख ३१ गते , विहीबार

मेची पुलबाट ब्राउन सुगरसहित भद्रपुरका युवक पक्राउ

sajilo news
झापा
२०८० माघ १२ गते , शुक्रबार
मेची पुलबाट ब्राउन सुगरसहित भद्रपुरका युवक पक्राउ

भद्रपुर । भद्रपुर नगरपालिका-५ स्थित मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ९ का ३३ वर्षीय नरेश राजवंशी रहेका छन् ।

बिहीबार दिउसो ११ बजे मेची पुलमा खटिएका सुरक्षाकर्मीको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका राजवंशीलाई लागुऔषध ब्राउन सुगर ७३० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार