२०८३ बैशाख ३१ गते , विहीबार

हात्ती आक्रमणबाट एक जना घाइते

sajilo news
सुनसरी
२०८० माघ ११ गते , विहीबार
हात्ती आक्रमणबाट एक जना घाइते

सुनसरीको पानीपियामा हात्ती आक्रमणबाट एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा इटहरी- २० तरहरास्थित शिखर टोल बस्ने ५० वर्षीय इन्द्र घले मगर रहेका छन् । बुधबार दिउँसोको समयमा चारकोसे झाडीमा पर्ने इटहरी–धरान सडक खण्डमा हात्तीले आक्रमण गर्दा मगर घाइते बनेका हुन् ।

उनको हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जंगलबाट फर्कने क्रममा हात्तीले आक्रमण गरेको थियो । हात्ती आक्रमणबाट घाइते बनेका मगरको तत्कालै उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार