२०८३ असार १० गते , बुधबार
हल्दिबारी गाउँसभाको १६ औ अधिवेशन शुरु
झापाको हल्दिबारी गाउँ सभाको १६ औ अधिवेशन आज सुरु भएको छ । हल्दिबारी गाउँ सभाका सभा अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको सभामा वडा नं. २ का वडाध्यक्ष शुकलाल राजवंशी,३ नं वडाध्यक्ष विष्णुप्रसाद ओली, कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए।
आजको सभामा विनियोजन ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको छ भने केही विधेयकहरू छलफलका लागि पेस गरिएको छ।
त्यसैगरी विषयगत समितिका संयोजकहरूले गत आर्थिक वर्ष २०७९–८०को वार्षिक प्रतिवेदन पेस गरेका थिए।सभाध्यक्ष लिङ्देनले अर्को बैठक माघ १९ गते बस्ने गरी स्थगित गरेका छन्।