२०८३ बैशाख ३१ गते , विहीबार

शङ्कराचार्य पीठ साधुटारलाई लायन्सको सहयोग

sajilo news
झापा
२०८० माघ ११ गते , विहीबार
शङ्कराचार्य पीठ साधुटारलाई लायन्सको सहयोग

झापा  । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा-१ स्थित  शङ्कराचार्य पीठ  वेदवेदांग संस्कृत पाठशाला साधुटारलाई सहयोग गरेको छ । साधुटार धामको ४५ औं वार्षिकोत्सवका अवसरमा आयोजित धार्मिक अनुष्ठानमा लायन्स क्लब अफ बिर्तामोड लेडीले खाद्यान्न र नगद सहयोग गरेको हो ।

आज एक कार्यक्रमका बिच  धामका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडालाई खाद्यान्न र  ५ हजार १ सय रुपैयाँ नगद सहयोग गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् ।

त्यस अवसरमा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ नीरज ओली, बिर्तामोड लेडीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सो धाममा लायन्स क्लब अफ बिर्तामोड लेडीले गत साउन महिनामा रुद्राक्षका बिरुवाहरू रोपेको थियो । त्यस्तै एक दिवसीय निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो । जसमा २५८ जना लाभान्वित भएका थिए ।  

 

सम्बन्धित समाचार