२०८३ बैशाख ३१ गते , विहीबार

दमकमा ब्राउन सुगरसहित एकजना पक्राउ

sajilo news
झापा
२०८० माघ १० गते , बुधबार
दमकमा ब्राउन सुगरसहित एकजना पक्राउ

झापाको दमकमा लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक २ बस्ने तागेन्द्र मगर रहेका छन् ।गएराति ८ बजे दमकस्थित मगरको घर कोठामा लागू औषध सेवन तथा बिक्री वितरण भइरहेको सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट फाल्गुननन्दबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ८९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

प्लास्टिकमा प्याक गरेको स–सानो १४ पोका फेला पारी उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

सम्बन्धित समाचार