२०८३ बैशाख ३१ गते , विहीबार

नापी सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ

sajilo news
झापा
२०८० माघ १० गते , बुधबार
नापी सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादव सहित तीनजनालाई घुससहित पक्राउ गरेको छ ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो । तीनै जनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार