२०८३ बैशाख ३१ गते , विहीबार

आजको मौसम : तराईमा हुस्सु–कुहिरो, तीन प्रदेशमा हिमपात

sajilo news
झापा
२०८० माघ १० गते , बुधबार
आजको मौसम : तराईमा हुस्सु–कुहिरो, तीन प्रदेशमा हिमपात

देशका पहाडी भू–भागमा आंशिक बदली छ। तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित समाचार