२०८१ बैशाख १९ गते , बुधबार

झापा गण उत्कृष्ट : सशस्त्रका एसपी अर्याललाई 'आईजी एपीएफको प्रशंसा अवार्ड'

sajilo news
झापा
२०८० माघ ९ गते , मंगलबार
झापा गण उत्कृष्ट : सशस्त्रका एसपी अर्याललाई 'आईजी एपीएफको प्रशंसा अवार्ड'

 

झापा । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज अर्याललाई 'आईजी एपीएफको प्रशंसा अवार्ड'बाट सम्मान गरिएको छ ।

२३ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा मंगलबार हल्चोकमा आयोजित कार्यक्रममा एसपी अर्याललाई आईजी एपीएफको प्रशंसा अवार्ड प्रदान गरिएको हो ।  एसपी अर्यालले विभिन्न कार्यदेशहरुको सम्पादन प्रभावकारी एवम् उत्कृष्ट ढङ्गबाट गरी सङ्गठनको गरिमा उच्च राख्ने कार्य गरेको अवार्डमा पत्रमा उल्लेख गरिएको छ ।

२०७९ माघ १६ गतेदेखि झापा गणको जिम्मेवारी सम्हालेका एसपी अर्यालले जिल्लामा प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनाखो भएर काम गरिरहेका छन् । उनले गणभित्र भौतिक पूर्वाधार निर्माणदेखि सीमा क्षेत्रमा हुने गरेका चोरी तस्करी गतिविधि नियन्त्रणमा उल्लेख्य भूमिका समेत निर्वाह गरिरहेका छन् । सशस्त्रले हरेक वर्ष माघ ९ गते आफ्नो स्थापना दिवसमा उत्कृष्ट कर्मचारीलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित समाचार