२०८३ बैशाख ३१ गते , विहीबार

सामाजिक सञ्जालमार्फत प्रेमीकाको चरित्र हत्या प्रेमी पक्राउ

sajilo news
झापा
२०८० माघ ९ गते , मंगलबार
सामाजिक सञ्जालमार्फत प्रेमीकाको चरित्र हत्या प्रेमी पक्राउ

सामाजिक सञ्जालमार्फत् प्रेमीकाको चरित्र हत्या गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोखरा भिमसेनथापा गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका हाल काठमाडौंको तारकेश्वर नगरपालिका -४ बस्ने २४ वर्षीय भिमसेन भट्ट रहेको नेपाल प्रहरीको साइवर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपति कुमार रायले जानकारी दिए। 

रोजगारीको सिलसिलामा चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ। प्रेम सम्बन्धमा रहेकै बेला खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दु:ख दिन थालेपछि पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी  थिइन्। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा भट्टराई प्रहरीले काठमाडौं महानगरपालिका-१७ बाट पक्राउ गरेको हो।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तरगतको कसूरमा मुद्दा चलाइएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार