२०८३ बैशाख ११ गते , शुक्रबार

बिर्तामोड जुत्ता-चप्पल महोत्सव माघ १५ सम्म

sajilo news
झापा
२०८० माघ ९ गते , मंगलबार
बिर्तामोड जुत्ता-चप्पल महोत्सव माघ १५ सम्म

कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको एक महिने जुत्ता चप्पल महोत्सवको अवधि माघ १५ गतेसम्म लम्ब्याइएको छ । गुणस्तरीयसँगै भारी छुटमा ग्राहकहरूले जुत्ता चप्पल पाउँदा माग बढेपछि आयोजकहरूले महोत्सवको अवधि थपेका हुन् । त्योसँगै सेँधैका लागि त्यस किसिमको सेवा सुविधा दिन नेपाली जुत्ताघरको सोरुम बिर्तामोडको सिटी सेन्टरमा खोलिने भएको छ ।

माघ १५ गते महोत्सव सकिएकै दिन सिटी सेन्टरमा नेपाली जुत्ताघरको सोरुम खोलिने उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य , फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेले बताए । उनले नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डका जुत्ताहरू किन्न अब महोत्सव नै पर्खनु नपर्ने जानकारी दिए । सिटी सेन्टरमा खोलिने सोरुममा आठ वटा कम्पनीका जुत्ता चप्पलहरू महोत्सवकै सहुलियतमा उपलब्ध हुने जानकारी दिए । पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको जुत्ता चप्पल महोत्सवमा ग्राहकहरूको सहभागिता उत्साहजनक रहेको उनको भनाइ थियो ।

‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही पुस ९ गतेदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव सुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज , लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज , शुभकामना फुटवेयरको फस्टवाक शुज , स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज , डी. जे. शुज कम्पनीको डीजे शुज , एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ । महोत्सवमा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरू उपलब्ध छन् ।

 

सम्बन्धित समाचार