२०८१ बैशाख २० गते , विहीबार

महिलाको हत्यामा संलग्न व्यक्ति खोज्दै प्रहरीको कुकुर

sajilo news
झापा
२०८० माघ ८ गते , सोमबार
महिलाको हत्यामा संलग्न व्यक्ति खोज्दै प्रहरीको कुकुर

झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेपछि प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश कार्यालयबाट खटिएको अनुसन्धान टोलीले कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको छ ।

महिलाको हत्या भएको हुन सक्ने आशंकाले अनुसन्धान टोली खटिएको छ । प्रहरीका अनुसार कुकुर महानन्द चोकसम्म आएको छ । अब प्रहरीले सोही अनुसार अनुसन्धान थाल्ने छ । कुकुरले एउटा ट्राक दियो, अनुसन्धानमा खटिएका प्रहरी भन्छन्– 'अब प्राविधिक जाँच गर्छौं ।'

महिलाको टाउकोमा ढुङ्गाले हिर्काए जस्तो देखिएको छ । आज विहान फेला परेको शव बिर्तामोड- ५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । ५० वर्षीय महिलाको टाउकोमा चोट देखिएको प्रहरीको भनाई छ । घटना रहस्यमय भएपछि प्रहरीको अनुसनधान टोली आएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार