२०८३ असार १० गते , बुधबार

भद्रपुरका सामुदायिक वनसँग नगरपालिकाको अन्तरक्रिया

sajilo news
झापा
२०८० माघ ७ गते , आईतबार
भद्रपुरका सामुदायिक वनसँग नगरपालिकाको अन्तरक्रिया

झापा । सामुदायिक वनले परिपालना गर्नुपर्ने कानुनी व्यवस्था, जङ्गलको संरक्षण तथा संम्बद्र्धन एवम् जैविक विविधताको संरक्षण लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीबिच आइतबार अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमका बारेमा डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषिराज पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै वनमा देखिएका विगत र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । वन अधिकृत पराजुलीले वन ऐन २०७६ र नियमावली २०७९ का विषयमा जनप्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी लगायतलाई जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, वन, वातावरण तथा विपद् व्यवस्थापनका सदस्य सचिव नेत्रप्रसाद पोखरेल, नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की लगायतले सुझाव तथा धारणा राखेका थिए । भद्रपुर नगर क्षेत्रभित्र ७ वटा सामुदायिक वन रहेका छन् । नगरमा वन क्षेत्र १७ सय ७३ दशमलव ९४ हेक्टर क्षेत्रफलले ओगटेको छ । सो वनहरूमा ६ हजार ४१८ घरधुरीका ३१ हजार ५२२ उपभोक्ता आबद्ध छन् । 

सम्बन्धित समाचार