२०८३ बैशाख ३० गते , बुधबार
भद्रपुर जेसिज वर्ष २०२४ को अध्यक्षमा पाण्डे
भद्रपुर । भद्रपुर जेसिज वर्ष २०२४ को अध्यक्षमा टिकाराम पाण्डे (दीपक) निर्विरोध चयन भएका छन् । भद्रपुर जेसिज भवनमा शनिबार आयोजित एक भेलाले पाण्डेलाई अध्यक्षमा चयन गरेका हुन् ।
जेसिज कार्यकारी उपाध्यक्षमा अभिषेक प्रधान र रबिन कार्की निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा सुरज श्रेष्ठ, हेडम्बराज निरौला, आदित्य दास र भूपाल घिमिरे निर्विरोध चयन भएका छन् । जेसीजको यही माघ १६ गते हुने पदभार ग्रहण कार्यक्रमबाट थप पदाधिकारी चयन गरिने जनाइएको छ ।