२०८३ बैशाख ३० गते , बुधबार

मेचीनगरमा एउटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटियो 

sajilo news
झापा
२०८० माघ ६ गते , शनिबार
मेचीनगरमा एउटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटियो 

झापा ।  झापाको मेचीनगर नगरपालिका-१३ स्थित पाथीभरा मन्दिर अगाडि एउटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको छ । आज बिहान सवा १० बजेको समयमा पाथीभरा मन्दिर अगाडि प्रदेश १-०१-०१६ प ७११७ नम्बरको निलो रङ्गको १५० सिसी एफजेट कम्पनीको मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल धनीले आवश्यक कागजातसहित प्रहरी चौकीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । 

 

सम्बन्धित समाचार