२०८३ असार १० गते , बुधबार

हल्दिबारी ५ नम्बर वडा कार्यालयको भवन उद्घाटन

sajilo news
झापा
२०८० माघ ६ गते , शनिबार
हल्दिबारी ५ नम्बर वडा कार्यालयको भवन उद्घाटन

हल्दिबारी । हल्दिबारी गाउँपालिका ५ नम्बर वडा कार्यालयको नयाँ प्रशासनिक भवन आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको  छ। निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र लिङदेनले रिबन काटेर भवन उद्घाटन गरेका थिए।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष  राजेन्द्र लिङदेन रहेका थिए। हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), ४ वटै वडाका वडा अध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा लगायतको विशेष आतिथ्य रहेको कार्यक्रममा जनप्रतिनिधिहरू, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, नेकपा माओवादी केन्द्र कि टिका राउत, नेपाली काँग्रेसका सभापति गङ्गा प्रसाईँ, जग्गादाताहरूको आतिथ्य रहेको थियो।

वडा नं ५ का वडा सचिव भजन सङ्ग्रौला , विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, शिक्षक, प्रहरी, सञ्चारकर्मीहरू साथै वडावासीहरू को उल्लेखिय उपस्थिति रहेको कार्यक्रममा स्वागत वडा नं ५ का वडा अध्यक्ष खडग लावतीले गरेका थिए भने भवनको बारेमा विस्तृतमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले प्रस्ट पारेका थिए। २ वर्ष ७ महिनामा तयार भएको कुल ५४ लाख ७० हजारको लागतमा बनेको भवन अपाङ्ग तथा बालमैत्री रहेको छ।

जम्मा ६ कट्ठा क्षेत्रफलमा फैलिएको भवन निर्माणका लागि लागि १ कट्ठा जग्गा उपलब्ध गराउने हल्दिबारीका दिलकुमार नेम्वाङ, एकराज राना मगर, बाह्रदशीका रामप्रसाद दुलाल त्यसैगरी ४ कट्ठा १० धुर उपलब्ध गराउने हल्दिबारी ४ का वडाध्यक्ष सन्तकुमार थापा, हल्दिबारी ४ कै लाखध्वज कन्दङ्वा यसैगरी बिर्तामोडका मुकेश विन्दल र सन्तोषी देवी अग्रवाल र १० धुर जग्गा उपलब्ध गराउने हल्दिबारी ५ कि डम्बर कुमारी राईलाई कदर पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो।

यसैगरी वडा नं ५ का पूर्व जनप्रतिनिधिहरू शेरबहादुर नेम्वाङ, नन्दलाल पराजुली,मदन तामाङ, तारादेवी ढकाल र भीममाया दर्जीलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दिबारीका सबै वडाको आफ्नै भवन भएकोमा खुसी व्यक्त गरे।केन्द्रबाट न्यून बजेट विनियोजन भए पनि कार्यसम्पादनमा हल्दिबारीका जनप्रतिनिधि तथा कर्मचारीहरू अघि रहेको भन्दै निरन्तरता दिन सबैलाई आग्रह गरे। जग्गादाताका तर्फबाट सम्मानित व्यक्तित्वका दिलकुमार नेम्वाङ,२ नं वडाका वडाध्यक्ष शुकलाल राजवंशी, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन हल्दिबारी गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

सम्बन्धित समाचार