२०८३ असार १० गते , बुधबार

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली भेगमा हिमपात

sajilo news
झापा
२०८० माघ ५ गते , शुक्रबार
आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली भेगमा हिमपात

देशका पहाडी भेगमा आंशिक बदली छ। तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागेको छ। ​दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई  स्थानमा सामान्य हिमपातको सम्भावना छ।

सम्बन्धित समाचार