२०८३ असार १० गते , बुधबार
हात्तीले कचनकवलमा तीनवटा घर भत्कायो
लगातार जनधनको क्षति गर्दै आएको जङ्गली हात्तीले दक्षिणी झापाको कचनकवलमा घर भत्काएर क्षति पुर्याएको छ । हिजो बिहान १ बजेको समयमा कचनकवल- ३ दल्कीस्थित दुर्गाभिटा वन क्षेत्रबाट आएको जङ्गली हात्तीको समूहले ईश्वरसिंह राजवंशीको जग्गामा बस्दै आएका सुरेश राजवंशीको टिनको छानो भएको भुइँघर र घरमा राखेको २५ मन धान पूर्ण रुपमा क्षति गरेको छ । त्यस्तै फाकताल राजवंशीको टिनको छानो भएको भुइँतले भान्सा , देवलाल राजवंशीको घर जग्गामा बस्दै आएका सेल्टु राजवंशीको टिनको छानो भएको सुत्ने घर र घरमा राखेको चामल २० मन नष्ट पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।