२०८३ असार १० गते , बुधबार
सुरक्षाकोष कार्यान्वयनका लागि एकल महिलाले बुझाए ध्यानाकर्षणपत्र
मानव अधिकारका लागि महिला एकल महिला झापाले जिल्लाका १५ वटै पालिकाका प्रमुखहरूलाई सुरक्षाकोष कार्यान्वयनका लागिध्यानाकर्षण पत्र बुझाएको छ ।
संघीय संरचनामा परिवर्तन हुनु पूर्व महिला तथा बालबालिका कार्यालयमार्फत अप्ठ्यारोमा परेका एकल महिला संरक्षणका लागि राज्यले सुरक्षाकोष खडा गरी संरक्षण गरिरहेकोमा सङ्घीयता कार्यान्वयन भएसँगै सो अधिकार खोसिएकोले पुनः स्थापनाको माग गर्दै पालिका प्रमुखहरूको ध्यानाकर्षण गराइएको हो ।
केन्द्रीय सचिव तथा झापा अध्यक्ष रेखा अधिकारीको नेतृत्वमा भद्रपुर नगरपालिकालगायत झापाका विभिन्न पालिकामा ध्यानाकर्षणपत्र बुझाइएको छ । ध्यानाकर्षणपत्रमा विगतदेखि राज्यले गर्दै आएका सम्पूर्ण संरक्षणका काम स्थानीय सरकारलाई जिम्मा लिन माग गरिएको छ ।
