२०८३ असार १० गते , बुधबार

पूर्व जिविस उपसभापति राजवंशीको निधन

sajilo news
झापा
२०८० माघ ४ गते , विहीबार
पूर्व जिविस उपसभापति राजवंशीको निधन

भद्रपुर । साबिक जिल्ला विकास समिति झापाका पूर्व उपसभापति रोहितकुमार सिंह राजवंशीको निधन भएको छ । साबिक महेशपुर गाउँ विकास समितिका अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका ४ निवासी राजवंशीको ६४ वर्षको उमेरमा बिहीबार दिउँसो साढे २ बजे  निधन भएको हो । उनको ओमसाई पाथीभरा हस्पिटल भद्रपुरमा उपचार हुँदाहुँदै निधन भएको हो ।

उनी मिर्गौलाको समस्याले पीडित थिए । उनी पञ्चायतका पूर्व मन्त्री गोपालचन्द्र सिंह राजवंशीका छोरा हुन् । राजवंशी परिवारले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर राजनीति गरेका थिए ।

सम्बन्धित समाचार