२०८३ असार १० गते , बुधबार

हात्तीले अर्जुनधारामा एउटा घर भत्कायो

sajilo news
झापा
२०८० माघ ४ गते , विहीबार
हात्तीले अर्जुनधारामा एउटा घर भत्कायो

जङ्गली हात्तीले झापाको अर्जुनधारामा एउटा घर भत्काएको छ । आज बिहान ३ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका- ३ जुकेखाडी बस्ने पदम जोशीको घरमा एउटा जङ्गली हात्ती आई घरको टाटीबेरा भत्काएको हो ।

हात्तीले घरमा रहेको अन्दाजी ७ मन धान खाई घरमा समेत क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जङ्गली हात्तीले झापामा लगातार क्षति गर्दै आएको छ ।

सम्बन्धित समाचार