२०८३ असार १० गते , बुधबार

बिर्तामोडका विपन्न बालबालिकालाई स्विटर वितरण

sajilo news
झापा
२०८० माघ ४ गते , विहीबार
बिर्तामोडका विपन्न बालबालिकालाई स्विटर वितरण

झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्विटर वितरण गरेका छन् । आज बिहान उनले बिर्तामोड–३ का दुई वटा बस्तीमा पुगेर स्विटर वितरण गरेका हुन् । 

पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले ३ नं. को विराटपोखर र उन्नति रङ्गशाला टोलमा पुगेर स्विटर वितरण गरेका हुन् । उनले एक सय जना सन्थाल बालबालिकालाई चिसो याममा स्विटर वितरण गरेको जानकारी दिए ।

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, काँग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडा सदस्य हरि बाँस्कोटा, युवा व्यवसायी समाजसेवी पदम श्रेष्ठसहित स्थानीय अगुवाहरूको सहभागितामा वितरण गरिएको थियो ।

मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारमा पुगेर स्विटर वितरण गर्न पाउँदा खत्रीले खुसी व्यक्त गरेका छन् । उनले आगामी दिनहरूमा पनि यस प्रकारका सेवालाई निरन्तरता दिने बताए । लाभान्वितका अभिभावकहरूले पुण्य कर्म गरेकोमा खत्रीलाई धन्यवाद लिएका छन् ।

सम्बन्धित समाचार