२०८३ असार १० गते , बुधबार

तेह्रथुममा टिपर दुर्घटना हुँदा मेचीनगरका चौधरीसहित दुई जनाको मृत्यु

sajilo news
झापा
२०८० माघ ४ गते , विहीबार
तेह्रथुममा टिपर दुर्घटना हुँदा मेचीनगरका चौधरीसहित दुई जनाको मृत्यु

तेह्रथुमको लालीगुराँस नगरपालिका–९, काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरू ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी टिपरमा सवार झापाको मेचीनगर नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मादी नगरपालिका–४ सङ्खुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समीर चौधरी र उमेर नखुलेका विष्णु थामी घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय वसन्तपुरका अनुसार म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर बुधवार बेलुकी ६ः३० बजे सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि वसन्तपुर अस्पताल पु¥याइएको थियो ।

थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २ जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेका सबै जना घाइते भएकाले चालक को हो भनेर पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । चालकको लापरबाहीको कारण टिपर अनियन्त्रित भएर सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार