२०८३ असार १० गते , बुधबार
झापामा तीन तला माथिबाट खसेर एक बालक घाइते
झापाको कनकाई नगरपालिका-३ मा तीन तला माथिबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् । आज दिउँसो ३ बजेको समयमा मोरङ बुढीगंगा गाउँपालिका-३ बस्ने आकाश अधिकारीका छोरा ४ वर्षीय सुवास अधिकारी आफन्त कनकाई- ३ बस्ने लक्ष्मी बरालको घरमा आएकोमा घरको ३ तला माथिको रेलिङबाट लडेर घाइते भएका हुन् । घाइतेको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।