२०८३ असार १० गते , बुधबार
सुनसरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सुनसरीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत भोक्राहा नर्सिङ गाउँपालिका- ४ मा सोमवार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६६ प ४१९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५ प ३४३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मध्ये ३४३२ नम्बरका मोटरसाइकल चालक वीरेन्द्र कुमार साहको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अर्का मोटरसाइकल चालक २६ वर्षीय भईसन तामाङ र पछाडि सवार २३ वर्षीय विल्सन राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।