२०८३ बैशाख १५ गते , मंगलबार
लियोनल मेस्सीले तेस्रोपटक जिते फिफा वर्ष खेलाडी अवार्ड
लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड हात पारेका छन्। मंगलबार बिहान लण्डनमा आयोजित कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो।
आठ पटक ‘बलोन डी ओर’ अवार्ड विजेता मेस्सीले तेस्रोपटक फिफा अवार्ड जितेका हुन्। यो अवार्डका लागि नर्वेका एर्लिङ हालाण्ड र फ्रान्सका केलियन एम्बाप्पे पनि छनोटमा परेका थिए।
मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान तथा विश्वभरका खेल पत्रकार र समर्थकको मतका आधारमा यो अवार्ड हात पारेका हुन्। उनले यसअघि सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए। उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो।आइटाना बोनमाटाले पहिलोपटक फिफाको उत्कृष्ट महिला खेलाडी अवार्ड हात पारेकी छिन्।