२०८३ असार १० गते , बुधबार

टुँडिखेल मैदानमा माघी मनाउने क्रममा च्यापिएर ११ जना घाइते 

sajilo news
काठमाडौं
२०८० माघ १ गते , सोमबार
टुँडिखेल मैदानमा माघी मनाउने क्रममा च्यापिएर ११ जना घाइते 

आज काठमाडौं महानगरपालिका-२२ टुँडिखेल मैदानमा माघी मनाउने क्रममा च्यापिएर ११ जना घाइते भएका छन्। थारु र मगर जातिहरूको माघी मेलाको भीडभाडमा च्यापिएर उनीहरू घाइते भएका हुन्।  

भीडमा च्यापिएर घाइते भएकाहरूलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुध ढुंगेलले बताए। उनीहरूको अवस्था सामान्य छ। महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार