२०८३ असार १० गते , बुधबार

माईमा बेसहारा भएका व्यक्तिलाई लायन्सको सहयोग

sajilo news
झापा
२०८० माघ १ गते , सोमबार
माईमा बेसहारा भएका व्यक्तिलाई लायन्सको सहयोग

झापा । कनकाई माईमा बेसहारा भएका एक असहाय व्यक्तिलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले न्यानो लुगा र खानेकुरा दिएको छ । छोराछोरीले माईमा पुर्‍याएर अलपत्र छोडेका व्यक्तिलाई ब्लांकेट, टोपी र खानेकुरा प्रदान गरिएको लायन्स क्लबका डिस्ट्रिक्ट चिफ डिस्ट्रिक्ट चिफ नीरज ओलीले बताए । उनको कोही पनि नरहेको ओलीले जानकारी दिए ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीलगायतले सो सहयोग प्रदान गरेका थिए । लायन्स क्लब अफ बिर्तामोड लेडीले विभिन्न मानवीय सहयोग गर्दै आएको छ । पाँच दिनअघि सो संस्थाले  कनकाई- ४ स्थित पुकार अपाङ्ग अशक्त समाजमा आश्रितहरूलाई सहयोग गरेको थियो ।

सम्बन्धित समाचार