२०८३ असार १० गते , बुधबार

सूर्योदयमा आगलागी, एउटा घर जल्यो

sajilo news
इलाम
२०८० माघ १ गते , सोमबार
सूर्योदयमा आगलागी, एउटा घर जल्यो

इलामको सूर्योदय नगरपालिका–१०, याङमा गएराति एक घरमा आगलागी भएको छ । स्थानीय टीकाप्रसाद भट्टराईका दुई वटा घरमध्ये एउटामा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको स्थानीय शम्भु ढकालले जानकारी दिए । आगलागीबाट किराना पसलसहित घरमा राखिएका सामान सबै जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

तल्लो तल्लामा बाँधिएका गाईबस्तु जोगाउन सफल भएको ढकालले बताए । राति करिब २ बजेतिर लागेको आगो स्थानीय र सूर्योदय नगरपालिकाको वारुणयन्त्रको सहायतामा नियन्त्रणमा आएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

सम्बन्धित समाचार