२०८३ असार १० गते , बुधबार

वीरेन्द्र क्याम्पसको अध्यक्षमा टीकाराज ढकाल

sajilo news
झापा
२०८० पौष २९ गते , आईतबार
वीरेन्द्र क्याम्पसको अध्यक्षमा टीकाराज ढकाल

भद्रपुरस्थित वीरेन्द्र नमुना क्याम्पस चन्द्रगढीको अध्यक्षमा टीकाराज ढकाल सर्वसम्मत चयन भएका छन् । क्याम्पसको १५ औं क्याम्पस सभाले अध्यक्ष ढकालसहित पाँच सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो । 

निर्वाचन मण्डलका संयोजक गोपाल आचार्यका अनुसार सञ्चालक समितिको सदस्यहरूमा चन्द्रा श्रेष्ठ, नरेश सन्जेल, उर्मिला गौतम र यादव भट्टराई रहेका छन्।भएको छ। सोही क्याम्पस सभाले तीन सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन गरेको छ।

लेखा समितिमा डिल्ली ढकाल संयोजक र सदस्यद्वयमा अम्बिका प्रसाद ढकाल र रामकुमार पौडेल रहेका छन् ।  व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षता र भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सोही सभामा क्याम्पसलाई विभिन्न ढङ्गले सहयोग पुर्‍याउने दाताहरूलाई सम्मान गर्नुका साथै यस वर्षको अन्तिम परीक्षामा उत्कृष्ट विद्यार्थीलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो।

व्यवस्थापन समिति सदस्य नरेशकुमार सन्जेलले स्वागत मन्तव्य व्यक्त गरेको क्याम्पस सभाको उद्घाटन सत्रको सञ्चालन सोही क्याम्पसका उपप्राध्यापक भरत प्रसाईँले र दोस्रो सत्रको कार्यक्रम क्याम्पस प्रमुख विवेक पोखरेलले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार