२०८३ असार १० गते , बुधबार

झापाकी इन्दिरा पाँचथरमा मृत भेटिइन्

sajilo news
झापा
२०८० पौष २९ गते , आईतबार
झापाकी इन्दिरा पाँचथरमा मृत भेटिइन्

 झापाको बुद्धशान्ति गाउँपालिका–७ निवासी अभिषेक बिककी श्रीमती इन्दिरा नेपाली पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएकी छन् ।

फिदिम–२ पल्लोटारमा माइत गएकी नेपाली सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा शनिबार बिहान ७ बजे मृत भेटिएकी हुन् ।आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घर अगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ । सडक छेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार