२०८३ बैशाख १५ गते , मंगलबार

इलाम गोल्डकपको उद्घाटन खेलमा रेड हर्स र मानेभञ्ज्याङ भिड्ने

sajilo news
इलाम
२०८० पौष २८ गते , शनिबार
इलाम गोल्डकपको उद्घाटन खेलमा रेड हर्स र मानेभञ्ज्याङ भिड्ने

अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप-२०८०’को उद्घाटन खेलमा आयोजक रेड हर्स फुटबल क्लब र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङ भिड्ने भएका छन्।

आज भएको प्रतियोगिताको ड्र अनुसार घरेलु टोलीले भारतीय प्रतिद्वन्दी पाएको हो। आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोली सहभागी हुनेछन्।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित एनएसएल क्लब बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा,राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङ सहभागी हुनेछन्।

माघ १३ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद रु. ५ लाख र उपविजेताले रु. ३ लाख पाउने जनाइएको छ।

यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी‚ सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार