नायिका रश्मिकाले किन तोडिन् इन्गेजमेन्ट ?

गत डिसेम्बर १ बाट प्रदर्शनमा आएको ‘एनिमल’की नायिका रश्मिका मन्दन्ना व्यक्तिगत कारणले चर्चामा छिन । उनलाई अब अरू कसैको परिचय चाहिँदैन। मन्दन्नाले सानै उमेरमा ठुलो सफलता हासिल गरिन । यति मात्रै पहिचान होइन आफ्नो मेहनत र क्षमताको बलमा सबै कुरा उनले हासिल गरिसकेकी छिन् ।
रश्मिकाले फिल्म ‘किरिक पार्टी’ बाट साउथ इन्डस्ट्रीमा डेब्यु गरेकी थिइन्। जुन उनको करियर सुरु गर्ने उत्कृष्ट फिल्म साबित भयो । नायिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । तर उनको निजी जीवनका केही पुराना कथाहरू हेर्दा २०१७ मा नै इन्गेजमेन्ट गरेकी थिइन्, जसको बारेमा धेरै कमलाई थाहा छ ।
भारतीय मिडियाका अनुसार रश्मिका मन्डन्ना अभिनेता रक्षित शेट्टीसँग गम्भीर सम्बन्धमा थिइन्। रश्मिकाले रक्षित शेट्टीसँगको फिल्म किरिक पार्टीबाट आफ्नो करियरको राम्रो सुरुवात गरेकी थिइन् । यो अवधिमा दुवै एकअर्काको निकै नजिक आएको बताइएको छ । त्यसपछि यो सुन्दर जोडीले सन् २०१७ मा इन्गेजमेन्ट गरे । तर, भाग्यले उनीहरूको सम्बन्धलाई स्वीकार गरेन । करिब १४ महिनाको इन्गेजमेन्टपछि रश्मिका र रक्षित अलग भए । रश्मिका र रक्षित शेट्टीको इन्गेजमेन्ट किन टुट्यो भन्ने बारेमा दुवैले खुलेर बालेको देखिएको छैन ।
केही मिडिया रिपोर्टका अनुसार यी दुई स्टारबीच कुनै तालमेल थिएन । यसबाहेक केही रिपोर्टमा उनीहरूको इन्गेजमेन्ट तोड्नुको कारण उनीहरूको परिवार रहेको पनि बताइएको छ । यद्यपि रश्मिका र रक्षितले इन्गेजमेन्ट टुटेको बारेमा केही बोलेकी छैन। र सत्य जे होस्, उनले मात्र बताउन सक्छिन्।